कुकरले हानेर श्रीमतीको हत्या

कुकरले हानेर श्रीमतीको हत्या

उदयपुर : श्रीमती ३० वर्षीया छविमाया राईको हत्या गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन्।

पक्राउ पर्नेमा त्रियुगा नगरपालिका–५ श्रीपुर बस्ने ३२ वर्षीय पिटर राई रहेका छन्। उनलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो।

पिटरले घरायसी विवादको कारण खाना पकाउने कुकर प्रहार गर्दा गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय उदयपुर र ईलाका प्रहरी कार्यालय जलजलेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

कात्तिक १, २०८० बुधबार १५:०७:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।