त्रिदेशीय टी-२० सिरिजमा युएईद्वारा नेपालसामु १४१ रनको लक्ष्य
काठमाडौं : नेपाल, युएई र हङकङ सहभागी त्रिदेशीय टी-२० आई सिरिजको पहिलो खेलमा युएईले नेपाललाई १४१ रनको लक्ष्य दिएको छ।
काठमाडौंको मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङमा तानिएको युएईले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १४० रन बनायो।
उसका लागि बसील हमीदले ५१ रनको अर्धशतकीय पारी खेले। उनले एक चौका र चार छक्का प्रहार गरे।
यस्तै अली नसीर ३२, कप्तान मोहम्मद वसीम १७, आशिफ खान १५ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।
नेपाल करण केसीले तीन, गुल्सन झाले दुई तथा अभिनाश बोहरा र सोमपाल कामीले एक–एक विकेट लिए।
नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।
कात्तिक १, २०८० बुधबार १४:५०:५१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।