गाजास्थित अरब अस्पतालमा गरिएको आक्रमणको एमालेद्धारा निन्दा

गाजास्थित अरब अस्पतालमा गरिएको आक्रमणको एमालेद्धारा निन्दा
फाईल फोटो

काठमाडौं : एमालेले इजरायली सेना फोर्सले प्यालेस्टाइनको गाजास्थित अल अहरी अरब अस्पतालमा गरेको आक्रमणको भर्त्सना गरेको छ।

अध्यक्ष केपी शर्मा ओलीले वुधबार एक विज्ञप्ती जारी गर्दै इजरायल र प्यालेष्टाइनको हमास समूहबिच भइरहेको युद्धका क्रममा गएराति अस्पतालमा आक्रमण गरि पाँच सय जना मारिएको खबरले स्तब्ध भएको बताएका छन्। 

इजरायली सेनाले गरेको उक्त आक्रमणमा परी ५ सय जना मारिनुका साथै सयौं जना अस्पतालको भग्नावशेषमा पुरिएको एजेन्सीले जनाएको छ। 

‘सिङ्गो अस्पताल भवन नष्ट हुनु र बालबालिकासहित सयौंको सङ्ख्यामा मानिसहरू हताहत भएको विषय जति निन्दा गरे पनि कम हुन्छ,’ एमाले अध्यक्ष ओलीद्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ। 

एमाले शान्तिको पक्षमा रहेको बताउँदै अध्यक्ष ओलीले जुनसुकै खाले द्वन्द्व र समस्याको समाधान शान्तिपूर्ण वार्ताद्वारा गरिनुपर्ने बताए।

कात्तिक १, २०८० बुधबार १४:३१:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।