इजरायलबाट उद्धार गरिएका ७ नेपाली कञ्चनपुर आइपुगे

इजरायलबाट उद्धार गरिएका ७ नेपाली कञ्चनपुर आइपुगे

धनगढी : इजरायलको युद्धग्रस्त क्षेत्रबाट उद्धार गरि भारतको नँया दिल्ली ल्याइएका १८ जना नेपालीहरूमध्ये ७ जना नेपाल आइपुगेका छन्। 

भारतको रेस्क्यू फ्लाइटमाफर्त मंगलबार भारत ल्याइएका उनीहरुलाई नँया दिल्लीस्थित नेपाली दूतावासले सवारी साधनको व्यवस्थासहित घर पठाएको हो। 

उनीहरु गड्डाचौकी नाका हुँदै कञ्चनपुर आइपुगेको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताए।

महेन्द्रनगर आइपुग्नेमा कैलाली टीकापुरका नन्दसिंह पुन, नुवाकोट लिखुका राजकुमार मानन्धर, काठमाडौंका लक्ष्मी दुलाल, मोरङ उर्लाबारीका निश्चल सिंह, पाल्पाकी दिलकुमारी अधिकारी, ललितपुरकी ममता थापा र स्याङ्जाकी अस्मिता गुरुङ रहेका छन्।

अन्य ११ जना दिल्लीबाट जहाजमार्फत काठमाडौं हुँदै आ-आफ्ना घर फर्किने बताइएको छ।

कात्तिक १, २०८० बुधबार १४:१४:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।