संस्कृतिमा राजनीति : पृथ्वीनारायण शाह स्थानीय संस्कृतिका अधिनायक, बीपी संस्कृतिको विद्रोही
संस्कृतिलाई शासकले कसरी प्रयोग गर्छन् भन्ने व्यक्तिमा भर पर्ने रहेछ। कुनै शासकले वर्चश्वशाली समूहको प्रतिनिधित्व गर्छन् भने कुनैले आधुनिकता भन्दै पूरानो चालचलनलाई नमान्ने स्वच्छन्दवादी पनि हुन्छन्।
नेपालको इतिहास हेर्ने हो भने शासकले परम्परा अनि संस्कृतिलाई महत्व नै दिएको पाइन्छ। मानवीय परम्परा र चाल चलनले छपक्कै ढाकेको देखिन्छ।
साम्राज्यवादी मुलुकहरूमा भने स्थानीयता पेलिएको हुन्छ। सायद हाम्रोमा साम्राज्यवादीहरूको हैकम नभएर हुन सक्छ, धेरै जसो संस्कृतिहरू र चालचलनहरु रहिरहेको देखिन्छ।
कतिपयले नेपालमा आन्तरिक साम्राज्यवाद थियो भन्छन् तर म भने आन्तरिक साम्राज्यवाद हुँदैन भन्ने मान्छु। राज्य विस्तार (पहिले विस्तार पछि एकीकरण) गरेकाले नै राजा पृथ्वीनारायण शाहलाई साम्राज्यवादी भन्छन् धेरैले।
पहिरन, सांस्कृतिक चाडपर्व, दरबारको बनावट, आ-आफ्ना कुल धर्म नछाड्नु भन्ने उनको भनाइले सांस्कृतिक रूपमा पृथ्वीनारायण शाह स्थानीय संस्कृतिका साझा अधिनायक हुन् भन्ने देखिन्छ।
तर, मेरो दृष्टिमा पृथ्वीनारायण शाह साम्राज्यवादी होइनन्, सामन्तवादी हुन्। यसका केही आधार पनि छन्।
स्थानीय संस्कृतिका साझा अधिनायक
शुरुआतमै भन्छु, इतिहासका पात्रलाई केलाउँदा सो समयको अवस्थालाई हेर्नुपर्छ। अहिलेको आधुनिक समाजअनुसार होइन। मैले यहाँ शासकहरूको संस्कृतिप्रति गरेको व्याख्या प्राप्त दस्तावेज अध्ययनको आधारमा हो। पक्ष-विपक्षमा लाग्न होइन।
अघि पनि भनेँ, पृथ्वीनारायण शाह साम्राज्यवादी होइनन्, सामन्तवादी थिए। दरबार र राज्य एउटै थियो त्यो बेला। दरबारले जसलाई चाह्यो उसलाई त्यही राज्यभित्रको भूमिमा जागिर दिन सक्थ्यो। नचाहेकोलाई सक्दैनथ्यो। राजाकै हालीमुहाली जताततै थियो।
पृथ्वीनारायण शाहले राज्य जित्नलाई अनेक हतकण्डा अपनाए। नुवाकोट विजयमा त्यस्तै देखियो। सुरूमा फकाए। फकाउँदा नटरेपछि जब जिते अनि छाला काडिदिए।
त्यति मात्र होइन उपत्यका आक्रमण गर्नुभन्दा पहिले नाकाबन्दी गरिदिएका थिए। सुटुक्क भरियाले नाकाबन्दी छलेर सामान लैजाँदा झुण्ड्याएर मारिदिए। अनि ‘गोर्खाले भन्याको नटेर्न्याको यस्तै हालत हुन्याछ’ भनेर झ्याली पिटाइदिए। युद्धमा भएको क्रुर घटना हेर्दा उनी सामन्तवादी देखिन्छन्।
तर, संस्कृतिको हकमा भने उनले स्थानीयलाई महत्व दिएको पाइन्छ। उनले ‘नेपाल असली हिन्दूस्तानी रह्याछ’ भनेका छन्। यो भन्नुको तात्पर्य नेपाल हिन्दूस्तान (भारत) हो, भनेको होइन। वैदिक सनातनीको परम्परा यहाँ जीवितै रहनेछ भनेका हुन्। भारतमा अंग्रेजहरूले त्यहाँको संस्कृति माँस्दै लगेका थिए।
अर्को, ‘नेपाल भन्याको प्रकृतिको रह्याछ। चारै जात ३६ वर्णको फूलबारी रह्याछ’ भनेर जातीय विविधता स्वीकारेको देखिन्छ। ‘आफ्ना-आफ्ना कुल धर्म नछोड्नु’ भनेका छन् उनले। यो भन्नुको अर्थ गोर्खा राज्यको धर्म उनले फैलाएकै छन्। बाहिरिया ख्रिस्टियन धर्म चाहिँ नअँगाल्नू, आफूले मानिआएको धर्म नछोड्नू भनेका छन्।
यदि उनले सांस्कृतिक रूपमा आफ्नो धर्म लाद्थे भने आफ्नो कुल धर्म नछाड्नू भन्ने थिएनन् होला।
जंगबहादुरपछि धेरै शासन गर्ने राणा प्रधानमन्त्रीमा चन्द्रशमशेर जबरा रहे। उनले धर्म संस्कृतिको रक्षा गर्नुपर्छ त भने तर ल्हासामा व्यापारिक र सांस्कृतिक नेपाली कोलनाइज्ड भएको क्षेत्र अंग्रजेलाई सुम्पिए।
त्यतिबेला मनोरञ्जनका लागि काजीहरू मुर्जा (मुसलमानको नाच) हेर्न गोरखपुर जाने चलन थियो। उनले गोरखपुर नगइ मनोरञ्जन गर्न परेको बखतमा ‘तीन शहर (काठमाडौँ-भक्तपुर-ललितपुर’ नेपालको झाँकी डबली(दरबार परिसर)मा ल्याइँ हेर्नु भनेको देखिन्छ।
गोर्खामा त्यतिबेला यस्ता झाँकीहरू केही थिएन। आफूसँग नभएको पक्ष सहजै यहिँको स्वीकारेको देखिन्छ। यसलाई संस्कृतिमा आत्मसमर्पण गरेको भन्न पनि मिल्छ। पहिरनको सवालमा उनले ‘हामीले त भाङ्ग्राका लुगा लाउन्या अब भने हिन्दूस्तानबाट ल्याइ सिलाउन लगाउनु’ भनेको देखिन्छ।
त्यतिमात्रै नभएर वसन्तपुरमा नै मल्लकालीन शैलीमा दरबार बनाएको देखिन्छ। पहिरन, सांस्कृतिक चाडपर्व, दरबारको बनावट, आ-आफ्ना कुल धर्म नछाड्नु भन्ने उनको भनाइले सांस्कृतिक रूपमा पृथ्वीनारायण शाह स्थानीय संस्कृतिका साझा अधिनायक हुन् भन्ने देखिन्छ।
उनलाई शास्त्रको पनि ज्ञान भएको देखिन्छ। राम शाह, मुकुन्द सेन, महेन्द्र मल्ल, जयस्थिति मल्लको बारेमा उनले पढेको छु भनेका छन्। त्यसैले उनी राजनीतिक रूपमा सामन्तवादी भए तापनि स्थानीय संस्कार संस्कृतिलाई भने सहजै स्वीकारेर आफ्नो नभएको अवस्थामा अरुकोलाई अङ्गालेको देखिन्छ।
पृथ्वीनारायण शाहपछि उनका जेठा छोरा प्रतापसिंह शाहले केही कुरामा पनि ध्यान दिएको देखिँदैन। बहादुर शाहले मुलुक एकीकरणमा काम गरे तापनि प्रमुख नभएकाले संस्कृतिमा काम गर्न पाएको देखिँदैन।
थापा र राणाकालमा युरोपियन संस्कृतिको अनुकरण
भिमसेन थापाले लामो शासन चलाए। त्यतिबेला शाह राजाहरू उती सक्रिय थिएनन् भन्दा हुन्छ। भिमसेन थापालाई केही इतिहासकारहरूले ‘हिरो’ त बनाए, तर उनकै पालामा एक तिहाइ भूमि गुम्यो।
एक हप्तामै सत्ताकै लागि ८४ जनासम्म मान्छे छप्काए उनले। जसरी पनि मान्छे मार्नु भनेको सामन्तवादी मात्र नभएर महासामन्तवादी हुनु हो। अत्याधिक चाकडी प्रथा र युरोपियनहरूको संस्कृति भिमसेन थापाकै पालामा नेपालमा भित्रिएको देखिन्छ।
यद्यपि गोर्खाका राजा राम शाहले भारतीय राजपरिवारमा कसरी खाने अनि लगाउने गर्छन् भनेर सिक्न मान्छे पठाएको देखिन्छ। थापा क्षमता भएका तर राजनीतिमा साम, दाम र दण्डको नीति चलाउन नसक्ने देखिन्छ।
चौतारियालाई काटेपछि उनका श्रीमतीहरूलाई त्यतिबेलाका कथित दलितहरूलाई दिएको दस्ताबेजहरूमा पाइन्छ। भिमसेन थापापछि प्रधानमन्त्री भएका माथवरसिंह थापा उस्तै। उबेलामा राजदुतकी श्रीमती हात समातेर पार्क घुम्न जान्थे भनेपछि नेपालको चालचलन संस्कृतिमा खासै महत्व दिएको देखिँदैन।
काजकिरिया गर्नैपर्दैन, पशुपतिको शिवलिङ्ग संङग्रहालयमा थन्काइदिए हुन्छ समेत भनेका छन् बीपीले। यसरी बीपीले स्थापित मूल्यमान्यतालाई पूरै नकारेको देखिन्छ। पुरुषले टोपी खोल्दा जात जाने समयमा बीपीले भनेका यी कुरा र उनको व्यवहारबारे जानकारी राख्दा उनी विद्रोही भएको देखिन्छ।
जगंबहादुर कुँवरमा राष्ट्रवाद त भयो। तर, उनकै पालादेखि राणाकालभरि युरोपियन शैलीका भवन, अंग्रेजी भाषाको विस्तार, पोशाकहरू भित्रियो नेपालमा। राणा खलकको बोल्ने शैली पनि फेरिएको पाइन्छ त्यही समयमा। उनीहरूमा यति धेरै युरोपियन संस्कृति भित्रियो की, रहनसहन नै राणा र अन्य नागरिकको फरक देखिन थाल्यो।
जगंबहादुरको पालामा मुलुकी ऐन बन्यो। मुलुकी ऐन बनाउँदा २ सय १८ जनाको समूहले बनायो। तराईतिरका साह, पहाडिया बाहुन क्षेत्री, माझी, घर्ती, जनजातिको समेत सहभागिता भएको देखिन्छ मुलुकी ऐन बनाउन।
त्यो बेलामा जात अनुसारको विभेद त छ नै, तर भाउजु बेहोर्ने महल भनेर पनि छ। यसलाई जनजातिहरूको चालचलन मानेको देखिन्छ। आफूहरूले युरोपियन संस्कृति भित्र्याए पनि धर्ममा भने उनीहरू पनि कट्टर वैदिक सनातनी धर्म नै अङ्गालेको देखिन्छ।
राणाकालमा अंग्रेजहरूको अनुकरण धेरै भएको देखियो। संस्कृतिलाई राणाकालमा ठूलो असर भएको देखिन्छ।
जंगबहादुरपछि धेरै शासन गर्ने राणा प्रधानमन्त्रीमा चन्द्रशमशेर जबरा रहे। उनले धर्म संस्कृतिको रक्षा गर्नुपर्छ त भने तर ल्हासामा व्यापारिक र सांस्कृतिक नेपाली कोलनाइज्ड भएको क्षेत्र अंग्रजेलाई सुम्पिए।
देशलाई सबैभन्दा धेरै युरोपियनाइज गर्ने चन्द्रशमशेर नै हुन्। यद्यपि उनको पालामा त्रिचन्द्र कलेज खुल्यो। सती प्रथा अन्त्य भयो।
महन्द्र हिन्दू सामन्तवादी, बीपी युरोपमुखी
२००७ सालपछिको समयलाई आधुनिक काल भन्छौँ। राणा शासन हटेपछि आधुनिक काल आयो। आधुनिक कालमा जननिर्वाचित प्रथम प्रधानमन्त्री बीपी कोइराला भए। उनका साहित्य, राजनीतिक विचार र व्यवहार हेर्दा प्रचलित मूल्यमान्यता, संस्कार संस्कृतिको कट्टर विरोधी मात्र नभएर विद्रोहीसमेत देखिन्छ।
उनको साहित्यिक पुस्तकबाट सुरु गरौँ, उनले ‘सुम्निमा’ लेखे। ‘सुम्निमा’मा बाहुनहरू यौनमा कुण्ठीत पात्रको रूपमा चित्रण गरे। किराँतहरू यौनमा खुला हुन्छन् भन्दै किराँतकै समर्थन गरे। त्यो बेलामा यौनबारे खुलेर यसरी लेख्न सक्ने नेपालमा कमै थिए।
गणतन्त्रकालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विद्रोही होइनन्। उनी पहिचानवादी हुन्।
त्यस्तै ‘मोदिआइन’मा गीताबाट मैले केही पनि ज्ञान पाइनँ भनेर खुलेरै लेखेका छन्। ‘बाबु आमा र छोरा’मा अनमेल विवाहको उछितो काढेका छन्। त्यसैले बीपीका साहित्यिक कृतिहरूलाई समाजलाई बिथोल्ने प्रकारका भन्न सकिन्छ।
उनले विवाह एउटा गरेता पनि प्रेमिका र सम्बन्ध धेरै हुन सक्छन् भनेका छन्। आफू नभएको बेलामा श्रीमती पनि मै भनेर कुर्नुपर्दैन समेत भनेका छन्। प्रेम र यौनको मामिलामा उनी स्वच्छन्दतावादी देखिन्छन्। त्यसैले साहित्यमा उनी क्रान्तिकारी भन्दा पनि विद्रोही देखिन्छन्।
काजकिरिया गर्नैपर्दैन, पशुपतिको शिवलिङ्ग संङग्रहालयमा थन्काइदिए हुन्छ समेत भनेका छन् बीपीले। यसरी बीपीले स्थापित मूल्यमान्यतालाई पूरै नकारेको देखिन्छ। पुरुषले टोपी खोल्दा जात जाने समयमा बीपीले भनेका यी कुरा र उनको व्यवहारबारे जानकारी राख्दा उनी विद्रोही भएको देखिन्छ।
यसलाई नेपालको संस्कृति मास्नुमा नेपाली कांग्रेस र बीपी कोइरालाको भूमिका देखिन्छ भन्दा फरक पर्दैन। त्यसैले त उहिले ‘तेरो घरमा कांग्रेस पसोस्’ भन्थे।
राजा महेन्द्रको शासनकालमा ‘एक देश, एक भेष’को नीति आयो। वैदिक सनातनी धर्म मान्ने नेपाल हिन्दू राष्ट्र भयो। हिन्दू बनाउने अभियानमा त लागेनन् महेन्द्र, तर अन्य धर्म, संस्कार, संस्कृतिलाई प्राथामिकता दिएनन्।
व्यक्तिगत रूपमा भने महेन्द्र आधुनिक पनि देखिन्छन्। अनि अर्कोतिर हेर्दा हिन्दू सामन्तवादी। उनी दोधारमा थिएकी जस्तो देखिन्छ।
संस्कृतिमा भावना पनि जोडिएको हुन्छ। नेपालको परिपेक्ष्यमा हेर्ने हो भने शासकले संस्कृतिलाई माथिबाट कमै लादेको देखिन्छ। यो सकारात्मक पक्ष हो।
नेपालको सांस्कृतिक विविधतालाई महेन्द्रले नस्वीकारको हो की जस्तो पनि देखिन्छ। तर, अहिलेका भारतीय प्रधानमन्त्री मोदी जस्तो त होइन।
महेन्द्रले हिन्दू संस्कृति त फैलाए तर अन्य संस्कृति भएकालाई छाला काढेनन्। अन्य संस्कृति मान्नेले आफ्नो संस्कृतिमा हीनभावना पैदा भएको भने देखिन्छ। महेन्द्रले छुवाछुत उन्मुलन, सहकारीको योजना ल्याएको देखिन्छ।
प्रचण्ड विद्रोही होइनन्
बीपी कोइरालाले सांस्कृतिक आइडललाई सिधै संङ्ग्राहलयमा लगेर राखिदिए हुन्छ भने। कार्लमार्क्सको सच्चा अनुयायी उनी हुन्। उनले मन्दिरमा गएर पूजा गर्ने, जुन जातको कार्यक्रममा गयो उस्तै पहिरन लगाएको देखिएन।
हुन त त्यतिबेला अहिलेको जस्तो चलन पनि थिएन। तर, गणतन्त्रकालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विद्रोही होइनन्। उनी पहिचानवादी हुन्।
पहिचानवादीहरूले जात विशेषको संस्कार संस्कृतिको संरक्षण गर्नुपर्छ भन्ने ठान्छन्। त्यसैले त प्रचण्डले मगरको कार्यक्रममा जाँदा मगर पहिरन, गुरुङकोमा जाँदा गुरुङ पहिरन लगाउँछन्। जहाँ गयो त्यही पहिरन लगाएको देखिन्छ।
संघर्षताका मन्दिर भत्काउने अहिले पशुपतिमा पूजा गर्न जाने, भारत गएको बेला रुद्राक्ष चढाउने उनको स्वभाव छ। तर आस्थाले यो काम भएको देखिँदैन। शासनले सत्तामा टिक्न अनेक हथकण्डा अपनाउँछन् उनी। उनमा यही चरित्र देखियो। धर्म अफिम हो भन्नेले धर्म अंगालेको देख्दा स्वार्थ त देखिन्छ नै।
समयअनुसार समाज र संस्कृति परिवेश अनुसार परिस्कृत हुँदै जान्छ। कुनै पनि संस्कार, संस्कृति लामो समय लगाएर बनेका हुन्छन्। त्यसैले मानविय संस्कृतिलाई कसैले चाहँदैमा पूरै नष्ट गर्न सकिँदैन।
प्रजातान्त्रिक बहुलवाद मान्नु भनेको सबैको अस्तित्व स्वीकार्नु हो। काठमाडौंको लाखेदेखि पूर्वको मुन्धुम र पश्चिमको गौडानाचसम्म स्वीकारिएको देखिन्छ। संस्कृतिमा भावना पनि जोडिएको हुन्छ। नेपालको परिपेक्ष्यमा हेर्ने हो भने शासकले संस्कृतिलाई माथिबाट कमै लादेको देखिन्छ। यो सकारात्मक पक्ष हो।
(ढुङ्गेल प्राध्यापक हुन्। उनीसँग प्रजु पन्तले लामो समय नेपालमा शासन गरेका राष्ट्रप्रमुख तथा सरकार प्रमुखको संस्कृतिप्रति उनीहरूको बुझाइबारे गरेको कुराकानीमा आधारित)
कात्तिक २, २०८० बिहीबार १८:२९:५१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।