कोशी प्रदेशसभा बैठक जारी, मुख्यमन्त्री कार्कीले विश्सासको मत लिने

कोशी प्रदेशसभा बैठक जारी, मुख्यमन्त्री कार्कीले विश्सासको मत लिने

काठमाडौं : कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज प्रदेश सभामा विश्वासको मत लिँदै छन्।

मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको बैठक जारी छ। 

विश्वासको मत माग्दै कार्कीले संघीयता र लाेकतान्त्रिक गणतन्त्रलाई बचाउनका लागि संकल्प आवश्यक रहेकाे बताए। 

‌सरकार गठनकाे अन्तिम विकल्पका आधारमा आफुलाई विश्वास गरेर मुख्यमन्त्री नियुक्त गरेकाे बताउँदै उनले राज्यका हरेक निकायमा जनताकाे पहुँच पुर्याउनका लागि काम गर्ने बताए। 

मुख्यमन्त्री कार्कीलाई एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले विश्वासको मत दिने निर्णग गरेका छन्। राप्रपाले भने विश्वासको मत नदिने बताइसकेको छ। 

कार्की एमालेका ३९ र कांग्रेसमा विद्रोह गरेका शेखर कोइराला पक्षका ८ सांसदको समर्थनमा मुख्यमन्त्री भएका थिए। 

कात्तिक १, २०८० बुधबार १३:३३:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।