त्रिकोणात्मक टी-२० शृंखला : यूएईकाे पहिलाे विकेट पतन
काठमाडौं : त्रिकोणात्मक टी-२० क्रिकेट शृंखलाको पहिलो खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) को पहिलो विकेट पतन भएकाे छ।
नेपालका लागि सोमपाल कामीले यूएईका ओपनर ब्याट्सम्यान खालिद शाहलाई शून्य रनमै पेभेलियन फर्काएका हुन्।
सोमपालले खालिदलाई कप्तान रोहित कुमार पौडेलद्वारा क्याच गराएका हुन्। यूएईले पहिलो ओभरको अन्तिम बलमा विकेट गुमाएको हो ।
नेपाल युएईलाई हराउँदै त्रिकोणात्मक सिरिजमा सानदार सुरुवात गर्न चाहन्छ। योसँगै मुलपानी मैदान टी-२० आई मान्यता पाउने विश्वको १ सय ९०औं क्रिकेट मैदान बनेको छ।
पछिल्ला पाँच टी-२० आई खेलमा युएई तीन खेलमा विजयी भएको छ।
यसैबीच आजको खेलमा दीपेन्द्र सिंह ऐरीले अर्को कीर्तिमान बनाउने सम्भावना पनि रहेको छ। नेपालको लागि सबैभन्दा बढी क्याच गर्नेमा उनी दोस्रो स्थानमा छन्।
यदि उनले आज दुईवटा क्याच आउट गरेको खण्डमा उनी नेपालको तर्फबाट सबैभन्दा धेरै क्याच गर्ने खेलाडी बन्नेछन्। यो रेकर्ड अहिले ज्ञानेन्द्र मल्लको नाममा छ।
मल्लले टी-२० आईमा २३ वटा क्याच लिँदा ऐरीले २१ वटा क्याच लिएका छन्।
यसअघि चीनमा भएको प्रतियोगितामा ऐरीले ९ बलमा अर्धशतक प्रहार गरेर सबैभन्दा छिटो अर्धशतक बनाउने विश्व कीर्तिमान भारतको युवराज सिंहको नामबाट खोसेका थिए।
कात्तिक १, २०८० बुधबार १३:२२:३१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।