लेनदेनको बिषयमा विवाद हुँदा घाँटी रेटेर हत्या, एक जना पक्राउ

लेनदेनको बिषयमा  विवाद हुँदा घाँटी रेटेर हत्या, एक जना पक्राउ
सांकेतिक तस्बिर ।

काठमाडौं : लेनदेनको बिषयमा विवाद हुँदा रूकुम पश्चिममा एक जना महिलाको घाँटी रेटी हत्या गरेको आरोपमा  प्रहरीले एक जनालाई पक्राउ गरेको छ। 

जिल्लाको मुसिकोट नगरपालिका-१ खलङ्गास्थित सत्कार होटलमा मुसिकोट नगरपालिकाका-७ साँखकी २८ वर्षीया भावना विकको हत्या गरेको आरोपमा एक जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

उनीमाथि अनुसन्धान भइरहेकोले सार्वजनिक नगरिएको रुकुमपश्चिम प्रहरीका प्रहरी नायब उपरीक्षक नमराज भट्टराईले बताए। 

विक सत्कार होटलको कोठा नम्बर १ मा  मंगलबार बिहान मृत फेला परेक थिइन्।

अनुसन्धानका क्रममा हत्याको कारण आर्थिक कारोबार रहेको देखिएको प्रहरीले जनाएको छ। घट्नाको अनुसन्धान पश्चात अभियुक्तलाई सार्वजनिक गरिने बताइएको छ। 

कात्तिक १, २०८० बुधबार १३:०४:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।