अन्तर्राष्ट्रिय संस्थाबाट प्राप्त ५० करोड मुस्ताङलाई उपलब्ध गराउँछु : प्रधानमन्त्री प्रचण्ड

अन्तर्राष्ट्रिय संस्थाबाट प्राप्त ५० करोड मुस्ताङलाई उपलब्ध गराउँछु : प्रधानमन्त्री प्रचण्ड
फाईल फोटो

काठमाडौं :  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायू सम्बन्धी अन्तर्राष्ट्रिय संस्थाबाट प्राप्त हुने ५० करोड रुपैयाँ मुस्ताङलाई उपलब्ध गराउने बताएका छन्। 

वुधबार मुस्ताङको जोमसोममा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै उनले अन्तराष्ट्रिय संस्थाबाट आउन लागेको सहयोग मुस्ताङलाई पठाउने बताए। 

जलवायु परिवर्तनबाट हुने क्षति रोक्नका लागि सो रकम सहयोगबापत उपलब्ध गराउने उनले बताएका हुन्। 

उनले भने, ‘हामीलाई प्राप्त हुने सबै ५० करोड मुस्ताङलाई दिनेछौं। नेपाल सरकार मुस्ताङप्रति संवेदनशील छ। जलवायू परिवर्तनले यहाँ पुगेको क्षतिबारे सरकार जानकार छ।’ 

जलवायु परिवर्तनको असरले हिमालय क्षेत्रको हिउँ अस्वाभाविक ढंगले पग्लिएको बताउँदै प्रधानमन्त्री प्रचण्डले न्यूयोर्कमा संयुक्त राष्ट्रसंघको महासभामा र इटलीको रोममा खाद्यसँग सम्बन्धित संयुक्त राष्ट्रसंघको सम्मेलनमा आफूले नेपालमा जलवायु परिवर्तनबाट परेको असरबारे ध्यानाकर्षण गराएको समेत उल्लेख गरे। 

कात्तिक १, २०८० बुधबार १२:४७:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।