इजरायलबाट भारत आइपुगे १८ नेपाली

इजरायलबाट भारत आइपुगे १८ नेपाली

काठमाडौं : इजरायलको द्वन्द्वग्रस्त क्षेत्रबाट स्वदेश फर्किन चाहने १८ जना नेपाली आज (वुधबार) बिहान भारत आइपुगेका छन्। 

भारतका लागि नेपाली राजदूत शंकर शर्माले १८ जना नेपालीहरू भारतीय विमानमार्फत नयाँदिल्ली आइपुगेको जानकारी सामाजिक सन्जालमार्फत दिएका छन्। 

दशैंका बेला घर फर्किन पाएकोमा नेपालीहरु उत्साहित रहेको र उनीहरूलाई घरसम्म जान गाडीको व्यवस्था गरिएको राजदूत शर्माले जानकारी दिएका छन्। 

उनीहरुलाई भारत सरकारले आफ्ना नागरिकसँगै रेस्क्यू फ्लाइट मार्फत उद्धार गरेर ल्याएको हो।

यसअघि नेपाल सरकारले काठमाडौंबाट नेपाल एयरलाइन्सको हवाईजहाज इजरायलको तेलअविव पठाएर २५४ नेपालीहरूको उद्धार गरेको थियो ।

नेपालीको उद्धारमा सहयोग गरेकामा राजदूत शर्माले भारत सरकारलाई धन्यवाद ज्ञापन गरेका छन्। 

कात्तिक १, २०८० बुधबार १०:५३:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।