मोटरसाइकललाई ठक्कर दिएर भागेको गाडी पनौतीमा दुर्घटना, एकको मृत्यु

मोटरसाइकललाई ठक्कर दिएर भागेको गाडी पनौतीमा दुर्घटना, एकको मृत्यु

काठमाडौं : काभ्रेपलाञ्चोकको पनौतीमा गाडी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। 

काभ्रेबाट रामेछाप जाँदै गरेको बागमती प्रदेशको ०३–००१ ज ०२९८ नम्बरको बस दुर्घटना हुँदा रामेछापको मन्थली नगरपालिकाकी वर्ष २० की रमिला बुढाथोकीको मृत्यु भएको प्रहरीले जनाएको छ। 

दुर्घटनामा ७ जना घाइते छन्। घाइते हुनेमा रामेछाप मन्थली नगरपालिकाकी २३ वर्षीया पुष्पा तामाङ, लिखुतामाकोसी गाउँपालिका–२ का ५१ वर्षीय का टंकप्रसाद दाहाल घाइते छन्। 

त्यस्तै ज्ञानु ढुंगेल, रकिट ढुंगेल र अनिल आलेमगर घाइते भएको प्रहरीले जनाएको छ। वुधबार बिहान सो बसले मोटरसाइकललाई ठक्कर दिएर भागेको थियो। 

बीपी राजार्मा अन्तर्गत पनौती नगरपालिका–५ सुन्दरबस्तीमो गाडी दुर्घटना भएको हो।

मोटरसाइकलमा सवार चालक इलाम थाकथुम गाउँपालिका–३ का रामकुमार राई र उनकी पत्नी प्रविशा सुनुवार पनि दुर्घटनामा घाइते भएका छन्।

कात्तिक १, २०८० बुधबार १०:५३:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।