हिजो अस्पताल भर्ना भएका प्रधानमन्त्री प्रचण्ड आज बिहानै मुस्ताङ पुगे

हिजो अस्पताल भर्ना भएका प्रधानमन्त्री प्रचण्ड आज बिहानै मुस्ताङ पुगे

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बिहानै मुस्ताङ पुगेका छन्।

जलवायु परिवर्तन र हिमाली क्षेत्रमा तापमान वृद्धिका असरहरूबारे अध्ययन गर्न प्रधानमन्त्री त्यसतर्फ गएका हुन्। उनले स्थानीय जनतासँग अन्तरक्रिया पनि गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय प्रकृति संरक्षण कोष र अन्नपूर्ण संरक्षण क्षेत्रका अधिकारीहरूसँग पनि छलफल गर्नेछन्।

सोमबार सुदूरपश्चिमको धनगढीमा मोर्चाको कार्यक्रममा गएका प्रचण्डको छातीमा केही असहजता महसुस भएकाले मंगलबार दिउँसो नर्भिक अस्पताल भर्ना भएका थिए।

‘एन्जियोग्राफी’ परीक्षणपछि उनको स्वास्थ्य सामान्य रहेको रिपोर्ट आएसँगै आज बिहानै उनी कार्यतालिका अनुसार नै मुस्ताङ गएका सचिवालयले जानकारी दिएको छ।

कात्तिक १, २०८० बुधबार ०८:५१:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।