असोज मसान्तमा नेपाल वायुसेवा निगमले तिर्यो ५३ करोड किस्ता
काठमाडौं : नेपाल वायुसेवा नियम(नेपाल एयरलाइन्स)ले ५३ करोड किस्ता तिरेको छ।
नागरिक लगानी कोष र कर्मचारी सञ्चय कोषलाई जहाज खरिदका लागि निगमले लिएको ऋणको असोज महिनाको किस्ता बापत ५३ करोड रुपैयाँ तिरेको हो।
निगमले नागरिक लगानी कोषलाई ए३३० जहाजको जमानत कर्जा असोज मसान्तको किस्ताबापत १० करोड रुपैयाँ बुझाएको हो।
यस्तै, निगमले कर्मचारी सञ्चय कोषलाई जमानत कर्जा १ र जमानत कर्जा २ को नाममा क्रमशः ३३ करोड ९ लाख ५५ हजार २८१ रुपैयाँ ४३ पैसा १० करोड रुपैयाँ तिरेको हो।
यसरी दुईपट्टीको गरेर निगमले ५३ करोड ९ लाख ५५ हजार २८१ रुपैयाँ ४३ पैसा किस्ता तिरेको हो।
यस्तै निगमले दुवै कोषलाई यसअघिका भएका छलफल र सहमतिबमोजिम ब्याजको ब्याज, हर्जाना ब्याज र पेनल रकम छुट गरिदिनसमेत अनुरोध गरेको छ।
नेपाल वायुसेवा निगमले जहाज खरिदका लागि यी दुवै कोषसँग ऋण लिएको थियो।
कात्तिक १, २०८० बुधबार ०८:२०:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।