मुलपानीमा पहिलो टी-२० आई हुँदै, आज नेपाल र युएई भिड्दै

मुलपानीमा पहिलो टी-२० आई हुँदै, आज नेपाल र युएई भिड्दै

काठमाडौं : नेपाल, यूएई र हङकङ सम्मिलित त्रिकोणात्मक सिरिज आजदेखि काठमाडौंमा सुरू हुँदैछ। मुलपानी क्रिकेट मैदानमा दिउँसो १ बजे नेपाल नेपाल र यूएईबीच प्रतिस्पर्धा हुनेछ।

प्रि–म्याच कन्फरेन्समा बोल्दै राष्ट्रिय पुरुष क्रिकेट टिमका कप्तान रोहित पौडेलले रोहित पौडेलले जीतका साथ त्रिकोणात्मक टि–ट्वेन्टी–आई सिरिजको सुरूवात गर्न चाहेको बताएका छन्।

कप्तान रोहितले भारतको नागपुरमा टिमले राम्रो तयारी गरेको बताए। आईसीसी टि–ट्वेन्टी विश्वकप छनोट अघि हुन लागेको सिरिज महत्त्वपूर्ण रहेको उनको भनाइ छ।

एसियाली खेलकुदबाट फर्किए लगत्तै नेपाली टिम अभ्यासका लागि भारत गएको थियो। टिम सोमबार मात्र काठमाडौं आइपुगेको हो।

युएई कप्तान मोहम्मद वासिमले पछिल्लो समय राम्रो क्रिकेट खेलिरहेको नेपाल र हङकङलाई पराजित गर्दै सिरिज उपाधि जित्ने लक्ष्य राखेको बताए।

नेपाल क्रिकेट संघ क्यानमा नयाँ नेतृत्व आएपछिको यो पहिलो खेल हो। क्यानका सचिव तथा प्रतियोगिताका निर्देशक पारस खड्काले अन्तिम समयमा सिरिजको तयारी गरेको उल्लेख गरे।

नेपालले कार्तिक २ गते हङकङ, ४ गते हङकङ र ६ गते पुनः युएईसँग खेल्नेछ भने ८ गते हङकङसँग खेल्नेछ।

डबल राउण्ड रोबिनका शीर्ष दुई टोली फाइनलमा पुग्नेछन्। फाइनल खेल असोज १० गते हुनेछ। सिरिजको फाइनलबाहेक सबै खेल मूलपानीको माथिल्लो मैदानमा हुनेछ।

मूलपानीमा टि–ट्वेन्टी–आईको खेल पहिलो पटक हुन लागेको हो। यो मैदानमा ओडिआई भने सञ्चालन भइसकेको छ। खेलको प्रत्यक्ष प्रशारण हिमालय टेलिभिजनले गर्नेछ।

कात्तिक १, २०८० बुधबार ०७:३८:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।