उकेरा टप फाइभ : बुटवलको इतिहासदेखि संस्कृति परिमार्जनको विश्लेषणसम्म

उकेरा टप फाइभ : बुटवलको इतिहासदेखि संस्कृति परिमार्जनको विश्लेषणसम्म

काठमाडौं : गैरआवासीय नेपाली संघ एआरएनएको विश्व सम्मेलन काठमाडौंमा भइरहेको छ। अध्यक्षमा चार जनाले प्रतिस्पर्धा गर्दैछन्। जस अन्तर्गत निर्वाचन कार्यक्रम अहिले जारी छ।

बडादशैं अन्तर्गत नवरात्रको तेस्रो दिन दुर्गा भवानीका नौ रूपमध्ये चन्द्रघण्टाको पूजा आराधना गरियो। शिरमा अर्धचन्द्र आकारको घण्टा धारण गरेकी हुनाले यी देवीको नाम चन्द्रघण्टा रहन गएको हो।

इजरायलमा प्यालेस्टाइन समूह हमासको आक्रमणपछि स्वदेश फर्किनका लागि अनलाइन आवेदन दिएका १९ नेपालीलाई जनालाई सरकारले उद्धार गर्यो।

अब लागौं उकेरा टप फाइभतर्फः
सोमबार बिहान शारदीय नवरात्रको तेस्रो दिन दुर्गा भवानीका नौ रूपमध्ये चन्द्रघण्टाको पूजा आराधना गरिनेबारे समाचार लेख्यो। चन्द्र र घण्टा शब्द मिलेर चन्द्रघण्टा शब्द बनेको छ। शिरमा अर्धचन्द्र आकारको घण्टा धारण गरेकी हुनाले यी देवीको नाम चन्द्रघण्टा रहन गएको हो।
पूरा समाचारः नवरात्रको तेस्रो दिनः स्वरकी स्वामिनी चन्द्रघण्टाको पूजा

उकेराले बिहान बुटवलको इतिहासबारे समाचार लेख्यो। समाचारमा बुटवलको विगतदेखि वर्तमानसम्मको अवस्थाबारे उल्लेख गरिएको छ। औद्योगिक, व्यापारिक नगरी बुटवल २० को दशकतिर खस्यौली नामले परिचित थियो। अहिलेको मुख्य बजारभन्दा तिनाउ पारी थियो बटौली बजार।
पूरा समाचारः खस्यौलीबाट बटौली हुँदै बदलिएको बुटवल

दिउँसो उकेराले दशैंमा पुस्तक पढ्का लागि सिफारिस गर्यो। जसमा पाँच पुस्तकहरू समावेश छन्। हुन त दशैं आफन्त भेट्ने, रमाइलो गर्ने धार्मिक अनि सांस्कृतिक पर्व हो। तर, किताबका ‘किरा’हरूलाई के दशैं, के तिहार। पढौँ-पढौँ लागिहाल्छ। दशैंका लागि बजारमा रहेका केही पुस्तकको अध्ययन गरी तपाईंहरूका लागि सिफारिस लिएर आएको छ उकेरा।
पूरा समाचारः ‘किताबका किरा’हरूले दशैंमा यी पाँच पुस्तक पढ्ने कि!

राति उकेराले संस्कृति र नेपाली परिवेशको विषयमा शिव रिजालले विश्लेषण प्रकाशित गर्यो। जसमा उनले नेपाली समाज र त्यसअनुसारको पर्व, संस्कृति र यहाँ बढिरहेको विदेशी प्रभावको विषयमा समेत व्याख्या गरिएको छ।
पूरा समाचारः ‘ब्रिटिशले भारतमा गरेको गद्दारी यहाँ नगरेकाले नेपाली सहनशील भएका हुन्’

दिउँसो उकेराले सन् २०२६ मा हुने विश्वकप फुटबलको छनोट खेलमा नेपालले लाओसविरुद्ध जित निकालेको समाचार लेख्यो। जितसँगै नेपाल विश्वकप छनोटको दोस्रो चरणमा प्रवेश गरेको छ। लाओसको न्यु लाओस इन्टरनेशनल स्टेडियममा भएको खेलमा ५३औं मिनेटमा गर्दै मनिष डाँगीले गोल गरे।
पूरा समाचारः लाओसविरुद्ध १-० को जित निकाल्दै विश्वकप छनोटको दोस्रो चरणमा प्रवेश

असोज ३०, २०८० मंगलबार २१:०७:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।