कोशीमा पाँच वटा मन्त्रालयमा एमालेको दाबी
विराटनगर : कोशी प्रदेशको मुख्यमन्त्री केदार शर्मालाई समर्थन गरेको एमालेले सरकारमा पाँच वटा मन्त्रालय माग गरेको छ।
नौ सदस्यीय मन्त्रिपरिषद्मा एमालेले पाँच वटा मन्त्रालय माग गरेको हो।
मुख्यमन्त्री कार्कीले दुई दिनअघि शपथ ग्रहण गरेलगत्तै कांग्रेसबाट शमशेर राई र एमालेबाट राम राना मन्त्री नियुक्त गरिसकेका छन्।
एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले सरकारमा आफूहरूको पाँचवटा मन्त्रालयमा दाबी रहेको बताए।
मन्त्रालय बाँडफाँटका विषयमा एमालेले आज छलफल गर्ने प्रयास गरेको भए पनि मुख्यमन्त्रीको व्यस्तताका कारण छलफल हुन सकेन।
बुधबार छलफल गरी मन्त्रालय बाँडफाँटबारे कुराकानी हुने भण्डारीले बताए।
भोलि बुधबार प्रदेशसभा बैठक बोलाइएको छ। मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने कार्यक्रम छ।
कार्की आफ्नो दलका ८ जना र एमालेका ३९ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए।
असोज ३०, २०८० मंगलबार २०:११:१५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।