लाओसविरुद्ध १-० को जित निकाल्दै विश्वकप छनोटको दोस्रो चरणमा प्रवेश

लाओसविरुद्ध १-० को जित निकाल्दै विश्वकप छनोटको दोस्रो चरणमा प्रवेश

काठमाडौं : सन् २०२६ मा हुने विश्वकप फुटबलको छनोट खेलमा नेपालले लाओसविरुद्ध जित निकालेको छ।

लाओसको न्यु लाओस इन्टरनेशनल स्टेडियममा भएको खेलमा ५३औं मिनेटमा गर्दै मनिष डाँगीले गोल गर्दै नेपाललाई जित निकालेका हुन्।

डाँगीले अञ्जन विष्टको पासमा उत्कृष्ट गोल गरे। खेलमा दुवै टोलीबाट केही गोलका अवसर सिर्जना भए पनि फिनिसिङ भएनन्।

नेपाल र लाओसबीच बिहीबार काठमाडौंमा भएको पहिलो लेगको खेल १-१ को बराबरीमा सकिएको थियो।

याेसँगै २-१ को नतिजामा विजयी हुँदै दोस्रो चरणमा पुगेको छ।

नेपालले अब समूह ‘एच’मा रहेर युएई, बहराइन र यमनसँग दोस्रो चरणको खेल खेल्नेछ।

दोस्रो चरणका खेलहरू नोभेम्बर २०२३ देखि जुन २०२४ सम्म होम र अवे ढाँचामा खेलिनेछ।

असोज ३०, २०८० मंगलबार १९:४६:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।