साढे ३१ लाख रुपैयाँसहित चिनियाँ मुलका भारतीय नागरिक त्रिभुवन विमानस्थलबाट पक्राउ

साढे ३१ लाख रुपैयाँसहित चिनियाँ मुलका भारतीय नागरिक त्रिभुवन विमानस्थलबाट पक्राउ

काठमाडौं : साढे ३१ लाख रुपैयाँसहित भारत जान लागेका चिनियाँ मुलका एक भारतीय नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन्। 

पक्राउ पर्नेमा भारतीय नागरिक थिन्ले छोदेन रहेको विमानस्थल सुरक्षा कार्यालयका प्रमुख तथा प्रहरी नायब महानिरीक्षक अर्जुन चन्द ठकुरीले जानकारी दिएका छन्। 

भारतको नयाँ दिल्लीतर्फ जान लागेको अवस्थामा उनलाई १६ हजार चार सय ३० अमेरिकी डलर, ५४ हजार चार सय ५१ चिनियाँ युआन र पाँच हजार भारतीय रुपैयाँसहित पक्राउ गरिएको ठकुरीले जानकारी दिए। उक्त रकम  ३१ लाख ५० हजार नेपाली रुपैयाँ रहेकाे चन्दले  बताए।

आजै दिउँसो चीनको सिचुआन प्रान्तबाट आएका छोदेनलाई प्रहरी वृत गौशालामा राखी थप अनुसन्धान सुरु गरिएको प्रहरीको भनाइ छ।

असोज ३०, २०८० मंगलबार १७:०५:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।