संघीयता कार्यान्वयनले गति लिन सकेन : मुख्यमन्त्री शर्मा
काठमाडौं : कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले संघीयता कार्यान्वयनले गति लिन नसकेको बताएका छन्।
मंगलबार पत्रकारसँग दसैँको शुभकामना आदान-प्रदान कार्यक्रममा बोल्दै मुख्यमन्त्री शर्माले संघीयता कार्यान्वयनमा जटिलताहरु रहेको बताएकमा हुन्।
संघियतामा प्रशासनिक जटिलता रहेको बताउँदै उनले संघीयता लागु भएपश्चात प्रदेशमा कानुनहरु समेत आवश्यकता अनुसार बन्न नसकेको बताए।
उनले भने, ‘कानुनहरु पनि संघीयताको स्पिड अनुसार बन्नसक्नुपथ्र्यो,त्यो अनुसार बनेनन्। हाम्रा केही काम गर्ने सन्दर्भमा अफ्ठ्यारा, जटिलताहरु रहेका छन्।’
असोज ३०, २०८० मंगलबार १६:४०:४८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।