प्यालेस्टाइनमाथि आक्रमण रोक्न माग गर्दै इजरायली दूतावास अगाडी प्रदर्शन

प्यालेस्टाइनमाथि आक्रमण रोक्न माग गर्दै इजरायली दूतावास अगाडी प्रदर्शन

काठमाडौं : प्यालेस्टाइनकाे गाजा क्षेत्रमा भइरहेको इजरायली आक्रमण रोक्न माग गर्दै काठमाडौंस्थित इजरायली दूतावास अगाडि प्रदर्शन गरिएको छ। 

प्यालेस्टाइन समूह हमासको आक्रमणपछि प्रति आक्रमणमा उत्रिएको इजरायलले गाजा क्षेत्र ध्वस्त पारेको भन्दै मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले मंगलबार दिउँसो तत्काल आक्रमण रोक्न भन्दै प्रदर्शन गरेको हाे। 

उनीहरुले इजरायल र अमेरिकाले प्यालेस्टाइनी जनतामाथि आतंकको फैलाएको आरोप लगाएका छन्।  प्रदर्शनकारीले प्यालेस्टाइनलाइ युद्धबाट जोगाउन र प्यालेस्टाइनमा शान्ति कायम गर्न माग गरेका छन्। 

असोज ३०, २०८० मंगलबार १६:०१:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।