१३.१८ अङ्कले बढ्यो नेप्से, १ अर्ब ८४ लाख रुपैयाँको कारोबार

१३.१८ अङ्कले बढ्यो नेप्से, १ अर्ब ८४ लाख रुपैयाँको कारोबार

काठमाडौं : सोमवार २३ अङ्कले घटेको शेयर बजार परिसुचक नेप्से आज (मंगलवार) दोहोरो अङ्कले बढेको छ।

नेप्से आज १३ दशमलव १८ अङ्कले बढेर १ हजार ८ सय ६४ दशमलव ६२ विन्दुमा पुगेर बन्द भयो।

आज होटल, निर्जीवन बीमा र व्यापारबाहेक अरू सबै समूहको शेयर सामान्य बढेको छ। 

सबैभन्दा धेरै एनआईबीएल प्रगति फन्डको शेयर झन्डै साढे ७ प्रतिशत, श्वेतगंगा जलविद्युत् कम्पनीको शेयर झन्डै ७ सात प्रतिशत तथा सिद्धार्थ इक्विटी फन्ड र मेगा म्युचुल फन्डको शेयर साढे ६ प्रतिशतले बढेको छ।

समग्रमा बजार बढेको दिन आज सबैभन्दा धेरै हाथवे इन्भेस्टमेन्ट कम्पनीको शेयर साढे ८ प्रतिशतले घटेको छ।

आज ३८ लाख १३ हजार कित्ता शेयर एक अर्ब ८४ लाख रुपैयाँमा कारोबार भएका छन्। 

असोज ३०, २०८० मंगलबार १५:२५:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।