अर्थतन्त्रका मुख्य सूचक सकारात्मक, शोधनान्तर स्थिति ५३ अर्ब ६१ करोडले बचतमा

अर्थतन्त्रका मुख्य सूचक सकारात्मक, शोधनान्तर स्थिति ५३ अर्ब ६१ करोडले बचतमा

काठमाडौं : चालु आर्थिक वर्षको पहिलो २ महिना साउन र भदौमा अर्थतन्त्रका सबैजसो सूचकहरु सकारात्मक देखिएका छन्।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/०८१ को पहिलो दुई महिनाको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्यांक सार्वजनिक गर्दै चालु खाता २३ अर्ब ५० करोड रुपैयाँले बचतमा रहेको जनाएको जनाएको छ। 

अघिल्लो वर्षको साउन र भदौमा चालु खाता ३६ अर्ब ८४ करोड रुपैयाँले घाटामा रहेको थियो।

यस्तै, प्रत्यक्ष वैदेशिक लगानी ३ अर्ब रुपैयाँले धनात्मक रहेको छ। अघिल्लो वर्षको २ महिनामा प्रत्यक्ष वैदेशिक लगानी ८० करोड ९७ लाख रुपैयाँले ऋणात्मक रहेको थियो।

शोधनान्तर स्थिति  पनि ५३ अर्ब ६१ करोड रुपैयाँले बचतमा रहेको छ। अघिल्लो वर्षको साउन र भदौमा शोधनान्तर स्थिति २० अर्ब ८१ करोड रुपैयाँले घाटामा रहेको थियो।

यसैगरी, गएको असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति दुई महिनामा ३ दशमलव ९ प्रतिशतले बढेर भदौ मसान्तमा १५ खर्ब ९८ अर्ब ९० करोड रुपैयाँ पुगेको छ। 

असोज ३०, २०८० मंगलबार १४:४४:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।