भारतको सर्वोच्च अदालतद्धारा समलिङ्गी विवाहलाई वैधानिकता दिन अस्वीकार

भारतको सर्वोच्च अदालतद्धारा समलिङ्गी विवाहलाई वैधानिकता दिन अस्वीकार

एजेन्सी  : भारतको सर्वोच्च अदालतले समलिङ्गी विवाहलाई  वैधानिकता दिन अस्वीकार गरेको छ।

समलिङ्गी विवाहलाई कानुनी मान्यता दिन परेका रिटमा मंगलबार फैसला सुनाउँदै सर्वोच्चका प्रधानन्यायाधीश डि वाई चन्द्रचुडले समलिंगी विवाहलाई मान्यता दिने कि नदिने कानुन बनाउने अधिकार अदालतलाई नभएर संसदलाई भएको बताएका छन्।

एजेन्सीका अनुसार समलिङ्गी विवाहलाई कानुनी मान्यता दिन माग गरिएको रिटमा प्रधानन्यायाधीशसहित ५ जना न्यायाधीशको इजलासमा सुनुवाइ भएको थियो।

इजलासका न्यायाधीशहरू नै यो विषयमा विभाजित भएका थिए। सर्वोच्चले समलिंगी जोडीलाई बच्चा एडप्ट गर्न पाउने अधिकार पनि नभएको सर्वोच्चको फैसलामा उल्लेख गरिएको बताइएको छ।  

असोज ३०, २०८० मंगलबार १४:२२:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।