काठमाडौंको पेप्सिकोलाबाट गरगहनासहित ५ लाख बराबरको धनमाल चोरी

काठमाडौंको पेप्सिकोलाबाट गरगहनासहित ५ लाख बराबरको धनमाल चोरी
फाईल फोटो

काठमाडौं : काठमाडौं महानगरपालिका-३२ पेप्सीकोलाबाट ५ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ।

पेप्सीकोलास्थित लक्ष्मण श्रेष्ठको घरबाट उक्त धनमाल चोरी भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । 

घर पछाडिको कोठा फुटाई प्रवेश गरेर चोरले मोबाइल, सुनका गहना र नगद चोरेर फरार भएको प्रहरीले जनाएको छ। 

चोरीमा संलग्नको खोजी कार्य भइरहेको प्रहरी प्रभाग काँडाघारीले जनाएको छ। 

चाडवाडका बेला चोरी र लुटपाटका घट्नाहरु हुनसक्ने भन्दै प्रहरीले सजकता अपनाउन समेत सबैमा अनुरोध गरेको छ।

असोज ३०, २०८० मंगलबार १४:११:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।