इजरायलबाट थप १९ नेपालीको भारतीय विमानमार्फत उद्धार, गौरीफन्टा नाका भएर नेपाल आउने

इजरायलबाट थप १९ नेपालीको भारतीय विमानमार्फत उद्धार, गौरीफन्टा नाका भएर नेपाल आउने

काठमाडौं : इजरायलमा प्यालेस्टाइन समूह हमासकाे आक्रमणपछि स्वदेश फर्किनका लागि अनलाइन आवेदन दिएका १९ नेपालीलाई जनालाई सरकारले उद्धार गरेको छ। 

भारतीय विमानमार्फत इजरायलमा रहेको १९ जना नेपालीको भारतको उद्धार विमानमार्फत उद्धार गरेको परराष्ट्रमन्त्री एनपी साउदले जानकारी दिएका छन्।

‘१९ जना नेपाली नागरिक तेल अविवबाट इण्डियन रेस्क्यु फ्लाइटबाट उड्दै हुनुहुन्छ,’ मन्त्री साउदले भने। 

मन्त्री साउदले स्वदेश आउन लागेका नेपालीलाई दिल्लीस्थित दूतावासले सवारी साधनको व्यवस्था गरेर नेपाल पठाउने पनि जानकारी दिए।  उनीहरू मंगलबार बेलुकी ६-७ बजेसम्म नयाँ दिल्ली पुग्ने बताइएको छ। 

नयाँ दिल्लीस्थित दूतावासले इजरायलबाट उद्धार गरी ल्याइएका नेपालीलाई गौरीफन्टा नाका भएर कैलाली भित्र्याउने जनाएको छ। 

असोज ३०, २०८० मंगलबार १३:१७:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।