एमाले त्यागेर आम जनता पार्टी प्रवेश गरेकी रिनाको मेयर पद गुम्यो

एमाले त्यागेर आम जनता पार्टी प्रवेश गरेकी रिनाको मेयर पद गुम्यो

काठमाडौं : रौतहटको मौलापुर नगरपालिकाकी प्रमुख रीना कुमारी साहको मेगर पद गुमेको छ। 

रिनाले एमाले त्यागेर अन्य दलको सदस्यता लिएको भन्दै मौलापुर नगर प्रमुखको पद गुमेको निर्वाचन आयोगले एक सूचना जारी गर्दै जानकारी दिएको हो। 

एमालेबाट निर्वाचित भएकी रिना पछि श्रीमान प्रभु साहले खोलेको आम जनता पार्टीमा प्रवेश गरेकी थिइन्। 

एमालेको केन्द्रीय समितिको निर्णयसहित रिनाले एमाले त्यागेको जानकारी गराएकाले राजनीतिक दल सम्बन्धी ऐन र नामावलीअनुसार उनको पद गुमेको आयोगद्वारा जारी गरेको सूचनामा उल्लेख छ।

असोज ३०, २०८० मंगलबार १२:४४:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।