विश्वकप क्रिकेट : दक्षिण अफ्रिकाविरुद्ध अप्रत्याशित नतिजा निकाल्ने नेदरल्याण्ड्सको योजना

एजेन्सी : भारतमा जारी एकदिवसीय विश्वकप क्रिकेटमा आज नेदरल्यान्ड्स र दक्षिण अफ्रिकाबीच खेल हुँदैछ। खेल धर्मशाला स्टेडियममा नेपाली समय अनुसार दिउँसो २:१५ बजे सुरु हुनेछ।
आज तुलनात्मक रुपमा कमजोर मानिएको नेदरल्याण्ड्सलाई हराउँदै दक्षिण अफ्रिका लगातार तेस्रो जित हात पार्ने दाउमा छ।
तीनै खेल जितेको भारतको भन्दा राम्रो रन रेट भएको दक्षिण अफ्रिका आजको खेल जितेमा तालिकाको शीर्ष स्थानमा उक्लने छ। दक्षिण अफ्रिकाले अस्ट्रेलिया र श्रीलंकालाई हराइसकेको छ।
लगातार दुई खेल हारेको नेदरल्याण्ड्स भने दक्षिण अफ्रिकाविरुद्ध इतिहासमै पहिलो जित हात पार्ने योजनामा छ। दुई दिन अगाडि अफगानिस्तानले इंग्ल्याण्डलाई हराए जस्तै अप्रत्याशित नतिजा निकाल्ने नेदरल्याण्ड्सको तयारी छ।
अघिल्ला खेलमा नेदरल्याण्ड्स पाकिस्तान र न्युजिल्याण्डसँग पराजित भइसकेको छ।
असोज ३०, २०८० मंगलबार १२:०४:५७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।