एआरएनएको विश्व सम्मेलन काठमाडौंमा शुरू, अध्यक्षमा चार जनाकाे उम्मेदवारी दर्ता

एआरएनएको विश्व सम्मेलन काठमाडौंमा शुरू, अध्यक्षमा चार जनाकाे उम्मेदवारी दर्ता

काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए)को विश्व सम्मेलन राजधानी काठमाडौंमा सुरु भएको छ। 

काठमाडौंस्थित सोल्टी होटलमा सुरु भएको अधिवेशनको  राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गरे।

सम्मेलनमा नेपाल सरकारका प्रतिनिधि, विभिन्न राष्ट्रिय समन्वय परिषद्का गैर आवासीय नेपाली प्रतिनिधि, एनआरएनका अभियन्ता लगायतको उल्लेख्य सहभागिता रहेको छ। 

विश्वभरबाट एनआरएनएमा सूचीकृत सदस्यको संख्या भने ९६ हजार ८ सय ५० रहेको छ। सम्मेलनले संघको आगामी दुई वर्षका लागि नयाँ नेतृत्व चुन्ने बताइएको छ। 

अध्यक्षका पदका लागि  वर्तमान अध्यक्ष्य बद्री केसी र रविना थापा तथा उपाध्यक्ष उपाध्यक्ष द्वय महेश श्रेष्ठ र राजेन्द्रकुमार शर्माको उम्मेदवारी परेको हो।

उपाध्यक्ष, महासचिवसहित ७६ पदाधिकारीका लागि १०९ जनाको उम्मेदवारी दिएका छन्।

असोज ३०, २०८० मंगलबार ११:५८:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।