आजको मौसम : पहाडी भूभागमा हल्का वर्षाको सम्भावना

आजको मौसम : पहाडी भूभागमा हल्का वर्षाको सम्भावना

काठमाडौं : आज (मंगलबार) कोशी र बागमती प्रदेश लगायत देशका पहाडी भूभागका केही र तराईका एक/दुई स्थानहरूमा मेघगर्जन सहित हल्का वर्षाको सम्भावना रहेको छ।

देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानहरूमा हल्का हिमपातको संभावना पनि रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

राति पनि देशका पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जन सहित हल्का वर्षाको सम्भावना रहेको छ।

असोज ३०, २०८० मंगलबार ०७:१२:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।