उकेरा टप फाइभ : आफ्नालाई जागिर खुवाउन स्वास्थ्यमन्त्रीको बदमासीदेखि ऐश्वर्यको शव जलाएका रामशरणको संघर्षसम्म

उकेरा टप फाइभ : आफ्नालाई जागिर खुवाउन स्वास्थ्यमन्त्रीको बदमासीदेखि ऐश्वर्यको शव जलाएका रामशरणको संघर्षसम्म

काठमाडौं : बडादशैं अन्तर्गत नवरात्रको दोस्रो दिन सोमबार आज ब्रम्हचारिणीको पूजाआराधना गरियो। पहिलो दिन जस्तै दोस्रो दिन पनि शुद्ध भएर पूजाआजा भयो।

सोमबार नै प्रधानमन्त्री पुष्पकमल दाहाल समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्न धनगढी गए। उनले त्यहाँ इजरायलमा हमासको आक्रमणमा परेर मृत्यु भएकाहरूको शव नेपाल ल्याउन समन्वय गरिरहेको बताए।

दशैंका लागि भनेर नेपाल राष्ट्र बैंकले नयाँ नोटको सटही सोमबारबाटै थाल्यो। बैंकमा जानेले ५, १०, २०, ५० र १०० रुपैयाँक एक–एक प्याड गरेर १८ हजार ५ सय रुपैयाँ साटे।

त्यसैगरी टी–ट्वान्टी विश्कप छनोटअघि नेपालले हङकङ र युएईसँग खेल्न लागेको त्रिदेशीय सिरिजका लागि नेपाल क्रिकेट संघले १८ सदस्यीय टोली घोषणा गर्यो। टोली अहिले प्रशिक्षणका लागि भारतमा छ।

अब लागौं उकेरा टप फाइभतर्फः
उकेराले सोमबार विहान नवरात्रको दोस्रो दिन दोस्रो दिन प्रधान देवताका रूपमा ब्रह्मचारिणीको पूजा गरिन्छ भन्नेबारे समाचार लेख्यो। यस्तो पूजामा सम्भव भए षोडशोपचार र नभए आफूसँग जे–जति सामग्री उपलब्ध छन् तिनैले स्थापना गरिएको घटमा ब्रह्मचारिणीको पूजा गरिन्छ। पूजाका अन्त्यमा मास, चामल र दहीको अथवा कुभिन्डाको बलि दिइन्छ।
पूरा समाचारः नवरात्रको दोस्रो दिनः इन्द्रियमाथि विजय प्राप्त गर्न ब्रह्मचारिणीको आराधना

बिहानै उकेराले दशैंको मौका पारेर फिल्म रिलिज गर्न फिल्म निर्माताहरूबीच हरेक वर्ष तछाडमछाड हुने गरेको समाचार लेख्यो। केही ब्यानरहरूले त दशैंको डेट छाड्दै नछाड्ने र उनीहरूको फिल्म निर्माण नभए मात्र अन्य निर्माताले दशैं अनि तिहारमा रिलिज गर्ने मौका पाउने विषय समाचारमा समेट्यो।
पूरा समाचारः चाडपर्वमा फिल्म रिलिजको प्रतिष्पर्धाः दीपक र रेखाको कब्जाबाट दशैंको डेट उम्कियो

दिउँसो उकेराले चिकित्सा विज्ञान प्रतिष्ठानले दुई सय २१ जना स्वास्थ्यकर्मी हटाएको एक हप्तामा नै ६३ जना स्वास्थ्यकर्मी तथा कर्मचारी भर्ना गर्न स्थायी दरबन्दी सिर्जना गरेको समाचार लेख्यो। स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतको निर्देशनमा स्वास्थ्यकर्मीलाई तलब भत्ता खुवाउन पैसाको अभाव भएको भन्दै हटाइएको थियो।
पूरा समाचारः आफ्ना मान्छे भर्ती गर्ने स्वास्थ्यमन्त्रीको काइदा, तलब दिन पैसा छैन भन्दै २२१ जना हटाएर ६३ जनाको स्थायी दरबन्दी

नियमित स्तम्भ भुइँ मान्छेमा उकेराले तीन दशकदेखि पशुपतिमा शव जलाइरहेका रामशरण बानियाँको विषयमा फिचर लेख्यो। रामशरणले २०५८ सालमा भएको दरबार हत्याकाण्डपछि राजपरिवारको शवसमेत जलाएका थिए। उनले आफ्ना अनुभव र त्यसबेलाका संस्मरण उकेरासँग साटे।
पूरा समाचारः रानी ऐश्वर्यको शव जलाउँदा चितामा पाएको नीर बेचेकोमा अझै पछुतो मान्छन् रामशरण, द्वन्द्वकालमा मारिएका माओवादीको शव जलाउन आउँथे महरा

र उकेराले राति गायक शिव परियार र अभिनेता केकी अधिकारीको दशैंको सम्झना र योजना बताए। उकेरासँगको कुराकानीमा उनीहरूले बाल्यकालको दशैं सम्झिए।
पूरा समाचार: दशैंमा कलाकार: केकी हलमा, शिव सांगीतिक कार्यक्रममा

असोज २९, २०८० सोमबार २२:०६:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।