जारी विश्वकपमा अस्ट्रेलियाको पहिलो जित, ८८ बल बाँकी छँदै भेट्टायो लक्ष्य

जारी विश्वकपमा अस्ट्रेलियाको पहिलो जित, ८८ बल बाँकी छँदै भेट्टायो लक्ष्य

काठमाडौं : भारतमा जारी आईसीसी एकदिवसीय क्रिकेट विश्वकपमा अस्ट्रेलियाले पहिलो जित निकालेको छ। उसले श्रीलंकाविरुद्ध पाँच विकेटको जित निकालेको हो।

श्रीलंकाले दिएको रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले ३५.२ ओभरमा पाँच विकेट गुमाएर लक्ष्य भेट्टायो। उसका लागि जोस इन्ग्ल्सिले सर्वाधिक ५८ रनको अर्धशतकीय पारी खेले।

त्यसबाहेक मिचल मार्स ५२ रनको अर्धशतक बनाउँदा मार्नुस लाबुुसचेन ४०, डेभिड वार्नर ११, स्टिभ स्मिथ शून्य रनमा आउट भए। ग्लेन म्याक्सवेल र मार्कस स्टोइनिसले अविजित रहँदै क्रमशः ३१ र २० रन बनाए।

श्रीलंकाका दिलशान मधुशान्काले तीन र दुनिथ वेल्लालागेले एक विकेट लिए।

त्यसअघि लखनउको भारत रत्न श्री अटल बिहारी बायपेयी एकना क्रिकेट रंगशालामा टस जितेर पहिला ब्याटिङ रोजेको श्रीलंकाले ४३.३ ओभरमा अलआउट हुँदै २०९ रन बनायो।

उसका लागि कुशल परेराले ७८, पथुम निस्सान्काले ६१ र चरिथ असलंकाले २५ रन बनाउनुबाहेक बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।

अस्ट्रेलियाका एडम जाम्पाले चार, मिचेल स्टार्क र प्याट कमिन्सले दुई–दुई तथा ग्लेन म्याक्सवेलले एक विकेट लिए। 

असोज २९, २०८० सोमबार २१:५०:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।