स्वास्थ्य बिमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा डा मदन
काठमाडौँ : स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बहादुर बस्नेतले स्वास्थ्य बिमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा डा मदन उपाध्यायलाई नियुक्त गरेका छन्।
सरकारले असोज २४ मा बोर्डका कार्यकारी निर्देशक डा दामोदर बसौलालाई निलम्बन गरेपछि बोर्ड नेतृत्वहीन थियो। सोमबार मन्त्री बस्नेतले उपाध्यायलाई जिम्मेवारी दिएका हुन्।
उनी स्वास्थ्य मन्त्रालयको गुणस्तर मापन महाशाखाका प्रमुख थिए।
सरकारले बसौलालाई असोज २४ मा ३ महिनाका लागि निलम्बन गरेको थियो। पदीय जिम्मेवारी बहन गर्न अक्षम रहेको भन्दै मन्त्रालयले असोज ४ गते उनलाई लिखित स्पष्टीकरण सोधेको थियो।
स्पष्टिकरण चित्त नबुझेको भन्दै मन्त्रिपरषद्ले उनलाई निलम्बन गर्ने निर्णय गरेको थियो। उनलाई निलम्बन गर्दा सरकारले उनीविरुद्ध भइरहेको छानविनकोक्रममा प्रमाण नष्ट गर्नसक्ने कारण देखाएको थियो।
असोज २९, २०८० सोमबार २१:१०:२९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।