गाजामा २७५० जनाको मृत्यु, एक हजार जना भग्नावशेषमा पुरिए

गाजामा २७५० जनाको मृत्यु, एक हजार जना भग्नावशेषमा पुरिए

एजेन्सी : गाजामा एक हजारभन्दा बढी मानिस बेपत्ता छन्।

प्यालेस्टिनी सिभिल डिफेन्सका अनुसार ती व्यक्तिहरू इजरायली बम आक्रमणमा ध्वस्त भएका घर र भवनहरू मुनि दबिएका छन्।

गाजामा हमासद्वारा सञ्चालित आन्तरिक मन्त्रालयका प्रवक्ता इयाद अल-बोजोमले पनि गाजामा एक हजारभन्दा बढी व्यक्ति बेपत्ता भएको पुष्टि गरेका छन्।

प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले सोमबार अक्टोबर ७ यता गाजामा २७५० प्यालेस्टाइनीको मृत्यु भएको र ९७०० जना घाइते भएको जनाएको छ।

उनले वेस्ट बैंकमा अन्य ५८ जनाको मृत्यु भएको र १२५० जना घाइते भएको बताए।

प्यालेस्टिनी पत्रकार सिन्डिकेटका अनुसार मारिनेहरूमा ११ प्यालेस्टिनी पत्रकार पनि थिए।

असोज २९, २०८० सोमबार १९:०८:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।