चाडबाडमा दुग्धजन्य पदार्थमा सहुलियत, बजार अनुगमन कार्ययोजना सार्वजनिक

चाडबाडमा दुग्धजन्य पदार्थमा सहुलियत, बजार अनुगमन कार्ययोजना सार्वजनिक

काठमडौं : कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले आसन्न बडा दशैं, तिहार र छठ पर्व लक्षित छुट व्यवस्थासहित बजार अनुगमन कार्यक्रम कार्ययोजना सार्वजनिक गरेको छ।

मन्त्रालयद्वारा सोमबार आयोजित पत्रकार सम्मेलनमा कृषिमन्त्री डा. बेदुराम भुसालले दुग्ध विकास संस्थानबाट उत्पादित दुग्धजन्य सामग्रीको मूल्यमा केही छुट दिने व्यवस्था गरिएको जानकारी दिए।

संस्थानबाट उत्पादित दूधमा दुई रुपैयाँ छुटसहित प्रतिलिटर ९५ रुपैयाँ, दहीमा २० रुपैयाँ छुटसहित प्रतिलिटर एक सय ७० रुपैयाँका दरले चाडपर्व लक्षित मूल्य कायम गरिएको छ।

यस्तै पनिर आधा केजीमा ५० रुपैयाँ छुटसहित ४५० रुपैयाँ तथा नौनी र घ्यूमा प्रति केजी एक सय रुपैयाँ छुटसहित क्रमशः एक हजार र एक हजार एक सय रुपैयाँ मूल्य तोकिएको छ।

यसैगरी मन्त्रालयले चाडपर्व लक्षित पशुपंक्षी तथा पशुजन्य बजार, खाद्य तथा दाना पदार्थसँग सम्बद्ध बजार र मासुजन्य चौपायाको बजार अनुगमन तथा प्राविधिक परीक्षण गरिरहेको स्पष्ट गरेको छ।

असोज २९, २०८० सोमबार १८:४३:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।