इजरायलमा बेपत्ता कञ्चनपुरका विपिन जोशीको खोजी गर्दैछौँ  : प्रधानमन्त्री प्रचण्ड

इजरायलमा बेपत्ता कञ्चनपुरका विपिन जोशीको खोजी गर्दैछौँ  : प्रधानमन्त्री प्रचण्ड

धनगढी : प्यालेस्टाइन समूह हमासको आक्रमणपछि इजरायलमा बेपत्ता भएका कञ्चनपुरका विपीन जोशीको खोजी कार्य भइरहेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन्।

कैलालीको चौमालास्थित गौरीगङ्गा नगरपालिकाको नवनिर्मित भवनको उद्घाटन गर्दै उनले इजरायल लगायत वरिपरिका देशमा पनि बिपिनको खोजी भइरहेको बताए। 

हमासको आक्रमणमा परी १० नेपालीको मृत्यु भएको थियो।सोहि क्रममा बेपत्ता भएका भीमदत्त नगरपालिका–३ का जोशीको अवस्था  अझै अज्ञात छ। 

‘वरिपरिका सबै देशहरु र हमाससँग सम्बन्धित देशमा पनि खोजी भइरहेको छ, पहल भइरहेको छ’, प्रधानमन्त्री प्रचण्डले भने, ‘मलाई विश्वास छ चाँडै उहाँ फिर्ता हुनुहुनेछ।’ 

गौरीगङ्गा नगरपालिकाको भवन उद्घाटन गरेर प्रधानमन्त्री प्रचण्ड अहिले समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्न धनगढी पुगेका छन्।  

असोज २९, २०८० सोमबार १६:१९:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।