२३ अङ्कले घट्यो नेप्से, १ अर्ब २५ करोड रुपैयाँको काराेबार
काठमाडौं : शेयर बजार परिसुचक नेप्से आज सोमबार २३ अङ्कले घटेको छ।
कारोबारको दोस्रो दिन नेप्से २३ दशमलव १६ अङ्कले घटेर १ हजार ८ सय ५१ दशमलव ४३ विन्दुमा झरेको छ।
यसदिन सबै समूहको शेयर घटेकोमा बीमा, होटल तथा पर्यटन, व्यापार, माइक्रोफाइनान्स, जलविद्युत् र विकास बैंक समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ।
आज सबैभन्दा धेरै सयपत्री हाइड्रोपावर र हाथवे इन्भेस्टमेन्ट नेपालको शेयर १० प्रतिशतले घटेको छ।
समग्रमा बजार घटेको दिन सिद्धार्थ प्रिमियर इन्सुरेन्सको शेयर सबैभन्दा धेरै झन्डै ८ प्रतिशतले बढेको छ।
आज ४८ लाख ३७ हजार कित्ता शेयर १ अर्ब २५ करोड रुपैयाँमा कारोबार भएका छन्।
असोज २९, २०८० सोमबार १६:१०:०१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।