राष्ट्रपति पौडेलसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस

राष्ट्रपति पौडेलसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेललेसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस गरिएको छ। 

राष्ट्रपति भवन शीतल निवासमा सोमबार आयोजित एक कार्यक्रमका बीच आयोगका अध्यक्ष समीम मियाँ अन्सारीले सो प्रतिवेदन पेस गरे।

सो अवसरमा राष्ट्रपति पौडेलले सहअस्तित्वका आधारमा आपसी सदभाव कायम राख्न मुस्लिम आयोग जस्ता आयोगको भूमिका महत्वपूर्ण हुने बताए। 

आयोगको मुस्लिम समुदायको हक अधिकार संरक्षणमा गहन र महत्त्वपूर्ण दायित्व रहेको पनि राष्ट्रपति पौडेलले स्पष्ट पारे। 

प्रतिवेदन बुझाउँदै आयोगका अध्यक्ष अन्सारीले आयोगले गरेका काम कारबाहीको बारेमा संक्षिप्त जानकारी गराएका थिए।

उनले मुस्लिम समुदायको हक अधिकारको संरक्षणलाई प्राथमिकता दिएर आयोगले काम गरिरहेको बताए।

असोज २९, २०८० सोमबार १५:१७:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।