सामाजिक न्याय र सुशासनका काम गर्दै योद्धाहरुको सपना पुरा गर्ने सरकारको लक्ष्य छ : प्रधानमन्त्री प्रचण्ड

सामाजिक न्याय र सुशासनका काम गर्दै योद्धाहरुको सपना पुरा गर्ने सरकारको लक्ष्य छ  : प्रधानमन्त्री प्रचण्ड

धनगढी : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक न्याय र सुशासन सरकारको प्रमुख लक्ष्य रहेको बताएका छन्। 

समाजवादी मोर्चाको सुदूरपश्चि प्रदेशस्तरीय सन्देश सभालाई सम्वोधन गर्न कैलाली पुगेका प्रचण्डले माओवादी नेता कृष्ण बढुवाललाई श्रद्धाञ्जली दिँदै योद्धाहरूको सपना पूरा गर्ने लक्ष्यमा सरकार रहेको बताए।

सुदूरपश्चिम प्रदेश कमिटी उपाध्यक्ष रहेका बढुवालको गत असोज १० गते निमोनियाबाट मृत्यु भएको थियो।

‘उहाँ जनताको लागि समाज रूपान्तरणको लागि क्रान्तिकारी योद्धा हुनुहुन्थ्यो। यो पुरै परिवार सामाजिक रूपान्तरणको आदर्श प्रस्तुत गरेको छ, प्रधानमन्त्री प्रचण्डले भने, ‘धैर्य गरेर महेशको सपना पूरा गर्नु पर्छ ।देशको निम्ति समाजको निम्ति राम्रो काम गरेर अगाडि बढ्नु नै महेश जस्ता योद्धाहरूप्रतिको सम्झना र सम्मान हो।’

सोमबार दिउँसो मोर्चाको सन्देश सभालाई सम्बोधन गरेपछि प्रधानमन्त्री प्रचण्ड श्री एयरलाइन्समार्फत साँझ साढे ५ बजे काठमाडौं फर्किने कार्यसूची छ। 

असोज २९, २०८० सोमबार १४:२३:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।