राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित

राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित

काठमाडौं : राष्ट्रियसभाको भोलि (मंगलबार) दिनको १ः०१ बजेका लागि निर्धारण गरिएको बैठक स्थगित भएको छ। 

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अर्को सूचनाद्वारा तोकिएको मिति र समयमा बस्ने गरी यसअघि निर्धारित बैठक स्थगित गरेका हुन्।

राष्ट्रियसभाको भोलिका लागि निर्धारित बैठक विशेष कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने सङ्घीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमद्वारा जारी सूचनामा उल्लेख छ।

असोज २९, २०८० सोमबार १३:३५:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।