उपप्रधानमन्त्री श्रेष्ठ चीन गए, बीआरआईको सम्मेलनमा सहभागी हुने

उपप्रधानमन्त्री श्रेष्ठ चीन गए, बीआरआईको सम्मेलनमा सहभागी हुने
फाईल फोटो

काठमाडौं : उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ ‘तेस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन (बीआरएफ)’ मा सहभागी हुन आज सोमबार चीन गएका छन्। 

मंगलबार र बुधबार चनिको बेइजिङमा हुने बीआरएफमा ‘हरित विकाससम्बन्धी उच्चस्तरीय मञ्च’ को नीति र प्रगतिबार हुने छलफल सहभागि हुन उनी सात सदस्यीय टोलीको नेतृत्व गर्दै उनी त्यसतर्फ गएका हुन्। 

उक्त कार्यक्रममा श्रेष्ठले ‘कि नोट स्पिच’ दिने बताइएको छ।  त्यस्तै, उपप्रधानमन्त्री क्षेष्ठ र चिनियाँ कम्युनिष्ट पार्टीका सचिवालय सदस्य तथा स्टेट काउन्सिलरसँग द्वीपक्षीय सहयोग र सम्बन्धबारे छलफल हुने बताइएको छ। 

सम्मेलनको पहिलो दिन साँझ चिनियाँ राष्ट्रपति सि जिनपिङले आयोजना गरेको रात्रिभोजमा गृहमन्त्री श्रेष्ठ सहभागी हुनेछन्। 

सम्मेलनमा झण्डै तीन दर्जन देशका सरकार प्रमुख तथा राष्ट्राध्यक्षहरू सहभागी  हुने बुझिएको छ। 

असोज २९, २०८० सोमबार १३:०७:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।