२५ वर्षीया युवतीमाथि सामूहिक बलात्कार, तीन जना पक्राउ

२५ वर्षीया  युवतीमाथि सामूहिक बलात्कार, तीन जना पक्राउ
सांकेतिक तस्बिर ।

काठमाडौं : विराटनगरमा एक २५ वर्षीया युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। 

पिडित युवतीले दिएको किटानी जाहेरीका आधारमा तीन जना यातायात मजदुरहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। 

पक्राउ पर्नेमा धनुषाको मिथिला विहारी नगरपालिका–११ का ४३ वर्षीय टेकबहादुर तामाङ, २० वर्षीय विनोद चौहान र सिन्धुली घर भएका १६ वर्षीय बालक रहेका छन्। 

उनीहरु तीनै जना यातायात मजदुर रहेको मोरङ प्रहरीका प्रवक्ता रन्जनकुमार दाहालले बताए।

डीएसपी दाहालका अनुसार विराटनगर महानगरपालिका-३ मा आइतबार राति खाना खाएर फर्किने क्रममा यात्रा गरिरहेकी युवतीलाई ललाइफकाइ ट्रक पार्किङ गरेको स्थानमा लगेर सामूहिक बलात्कार गरेकोे प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। 

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

असोज २९, २०८० सोमबार १२:५०:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।