सामसङको २०२३ टिभी सिरिज नेपाली बजारमा

सामसङको २०२३ टिभी सिरिज नेपाली बजारमा

काठमाडौं : सामसङले आफ्नो क्रिस्टल यूएचडी टिभी र क्यूएलईडी टिभी सेटहरुको नयाँ लाइन-अप, २०२३ सी–सिरिज टिभी नेपाली बजारमा सार्वजनिक गरेको छ।

दशैं–तिहार लगायतका चाडपर्वलाई लक्षित गरी सामसङ २०२३ टिभी सिरिज नेपाली बजारमा सार्वजनिक गरिएको कम्पनीले जनाएको छ। 

यो नयाँ लाइन–अपको टिभीहरु ४३ इन्चदेखि ८५ इन्चसम्मका विभिन्न साइजमा उपलब्ध रहेको कम्पनीको भनाइ छ।

कम्पनीका अनुसार नेपाली बजारमा सार्वजनिक गरिएका नयाँ २०२३ क्रिस्टल यूएचडी टिभी र क्यूएलईडी टिभीमा सामसङको फ्ल्यागसीप फिचरहरु जडित रहेका छन्। 

सामसङको सिग्नेचर नक्स सेक्युरिटी, बिल्ट–इन एआई भ्वाइस असिस्टेन्ट बिक्स्बी, स्मार्टथिन्ग्स एपको एक्सेस र स्लिमफिट क्यामको साथ भिडियो कल गर्न मिल्ने सुविधा रहेको कम्पनीको भनाइ छ।

कम्पनीका अनुसार यी टिभीहरूमा काल्म अनबोर्डिङ र अटो ब्राइटनेस अद्जस्त गर्नका लागि आईओटी लाइट सेन्सरहरूको सुविधा पनि रहेको छ। 

यसैसँगै सी–सिरिजका टिभीहरू वातावरणलाई ध्यानमा राखेर डिजाइन र निर्माण गरिएका छन् र धेरै पार्टहरु पुनर्नवीनीकरण गरिएका हुनुको साथै सोलार सेल रिमोट र एआई एनर्जी सेभिंगका पनि प्रगोग गरिएको छ। 

यसका साथसाथै ३१ डिसेम्बर २०२३ भित्रमा खरिद गरिएका २०२३ टिभीहरुमा ३ वर्षको पूर्ण वारेन्टी उपलब्ध रहेको छ।

यी सिरेजमा कनेक्टेड एक्सपिरियन्स ग्राहकका घरमा ल्याउन सक्षम हुने सामसङ नेपालका कन्जुमर इलेक्ट्रोनिकस्का महाप्रबन्धक आलोक कुमार गुप्ताले बताए।

कम्पनीका अनुसार नयाँ २०२३ लाइन-अप प्रयोगकर्ताहरूलाई असल इमर्सिभ कन्टेन्टको अनुभव प्रदान गर्न डिजाइन गरिएको हो। 

हाइ डाइनामिक रेन्जबाट सम्भव भएको प्रकाश स्तरहरूको परिष्कृत दायराको साथ, प्रयोगकर्ताहरूले रङहरूको विशाल स्पेक्ट्रम र सबैभन्दा अँध्यारो दृश्यहरूको सानो सानो विवरणहरू पनि देख्न सकिने कम्पनीको भनाइ छ। 

ओटीएस लाइट सुविधाले दुई भर्चुअल स्पिकरहरू र एडप्टिभ साउन्ड मार्फत सिर्जना गरिएको थ्रीडी सराउण्ड साउन्डको साथमा अन–स्क्रिन भएका गतिहरूलाई यथार्थपरक अनुभूति गराउने कम्पनीले बताएको छ।

असोज २९, २०८० सोमबार १२:२९:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।