प्रधानमन्त्री प्रचण्ड सुदूरपश्चिम जाँदै, मोर्चाको भेलालाई सम्बोधन गर्ने

प्रधानमन्त्री प्रचण्ड सुदूरपश्चिम जाँदै, मोर्चाको भेलालाई सम्बोधन गर्ने
फाईल फोटो

काठमाडौं : प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज सुदूरपश्चिम जाँदैछन्। 

समाजवादी मोर्चाको भेलालाई सम्बोधन गर्न प्रधानमन्त्री प्रचण्ड सोमबार त्यसतर्फ जान लागेका हुन्। 

उनी धनगढीबाट सिँधै लम्की जानेछन्। लम्कीमा माओवादी प्रदेश उपाध्यक्ष स्वर्गीय महेश बडुवालको स्मृतिमा आयोजित श्रद्धाञ्जली सभामा सहभागी  हुने कार्यकातिका हरेको छ।

त्यससपछि उनी घोडाघोडी नगरपालिकाको प्रशासनिक भवनको उद्घाटन गर्ने कार्यक्रममा सहभािग हुनेछन्। 

अपरान्ह १२ देखि १ बजेको बीचमा गौरीगङ्गा नगरपालिकाको भवन उद्घाटन गरेर उनी करिब दुई बजे धनगढीमा समाजवादी मोर्चाको भेलालाई सम्बोधन गर्ने छन्। 

साँझ साढे ५ बजे उनी एयरलाइन्सको उडानबाटै काठमाडौं फिर्ता हुने कार्यतालिका रहेको छ।

असोज २९, २०८० सोमबार ११:५४:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।