प्यालेस्टाइनको गाजा क्षेत्रमा मानवीय सङ्कट, इन्धन अभावले अस्पताल बन्द हुने अवस्थामा

प्यालेस्टाइनको गाजा क्षेत्रमा मानवीय सङ्कट, इन्धन अभावले अस्पताल बन्द हुने अवस्थामा

काठमाडौं : इजरायली आक्रमणले प्यालेस्टाइनको गाजा क्षेत्रमा मानवीय सङ्कट सुरु भएको छ।  इन्धन अभावले उत्तरी गाजाका अस्पताल बन्द हुने अवस्थामा पुगेका छन्।

अहिले अस्पतालमा जेनेरेटरबाट विद्युत् आपूर्ति भइरहेको भएपनि आजदेखि जेनेरेटरको इन्धन सकिने जनाइए छ। 

गएको दुई दिनमा मात्रै उत्तरी गाजाका ११ लाखमध्ये ५ लाखभन्दा धेरै आफ्नो थातथलो छाडेर पलायन भएका छन्। 

उनीहरु तुलनात्मक रुपले सुरक्षित मानिएको दक्षिणी क्षेत्रतर्फ लागेको जनाइएको छ। आक्रमणमा परेर घाइते भएकाहरुले अस्पताल भरिँदा उपचार गर्न कठिन भएको छ। 

शव व्यवस्थापन गर्न ठाउँ अभाव भएका कारण चिसो सामान ढुवानी गर्ने गाडीमा शव राख्न थालिएको छ।

असोज २९, २०८० सोमबार ११:२०:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।