हुन्डाई कोना : नेपालको सबैभन्दा सिद्ध र सफल विद्युतीय गाडी

हुन्डाई कोना : नेपालको सबैभन्दा सिद्ध र सफल विद्युतीय गाडी

काठमाडौं : नेपालको प्रतिस्पर्धी विद्युतीय गाडीहरुको बजारमा हुन्डाई कोनाले आफनो पृथक पहिचानसहित दरिलो उपस्थिति जनाइरहेको छ। 

नेपाली बजारमा इलेक्ट्रिक भर्सनमा आएको एसयूभीमा पहिलो गाडी हुन्डाई कोना भएको कम्पनीको दाबी छ।  सन् २०१९ देखि नेपाली बजारमा बिक्री शुरु भएको हुन्डाई कोना हालसम्म १ हजारभन्दा बढी बिक्री भएको बताइएको छ। 

२०१९ मा भारतबाट शुरु गरिएको ‘इमिशन इम्पोसिबल’ नामक मिसन अन्तर्गत कोना इलेक्ट्रिकले विश्वको सबैभन्दा अप्ठ्यारो भू-भागमा पर्फरमेन्स गर्दा कुनै सम्झौता नगरी ७ सय किलोमीटरको यात्रा १७ हजार  फीटको उचाई र १२ डिग्रीको कठोर तापक्रम पार गर्दै सगरमाथाको आधार शिविर सम्म पुगेर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम दर्ता गराउन सफल भएको थियो। 

यस अभियानमा कोना इलेक्ट्रीकले न्यून तापक्रम, निरन्तर हिमपात र बरफीलो परिस्थिति जस्तो कठोर मौसमी अवस्थामा उच्च प्रदर्शन गरेको थियो। नेपालमा सन् २०१९ मा पहिलो चोटी लन्च गरिएको कोना अहिले फेसलिफ्ट भर्सनमा  उपलब्ध रहेको कम्पनीको भनाई छ। 

आकर्षक बनोट, उत्कृष्ट परफर्मेन्स, भरपर्दो रेन्ज दिने ब्याट्री र रीसेल भ्यालुले गर्दा कोना नेपालकै अग्रणी विद्युतीय गाडीको रूपमा स्थापित हुन सफल भएको हो। 

५ वर्ष सम्म बजारमा रहनु र धेरैको पहिलो रोजाइ बन्नुले यो एउटा सफल र सिद्ध विद्युतीय गाडी बन्न सफल भएको कम्पनीले जनाएको छ। 

नेपालमा हुन्डाईका गाडी बिक्री वितरण गर्ने जिम्म लक्ष्मी इन्टरकन्टिनेन्टलले पाएको छ। 

असोज २९, २०८० सोमबार ११:०७:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।