सुदूरपश्चिममा भूकम्पको धक्का महसुस

सुदूरपश्चिममा भूकम्पको धक्का महसुस

बैतडी : सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा पुनः भूकम्पको धक्का महसुस गरिएको छ।

भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार दार्चुलापरि भारतको बतन भन्ने स्थानमा केन्द्रबिन्दु बनाएर सोमबार बिहान ९ बजेर २६ मिनेटमा ४ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको हो। 

भूकम्प धक्का महसुस गरिएको भए पनि क्षतिबारे जानकारी प्राप्त नभएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

गत हप्ता बझाङको भातेखोला केन्द्र बनाएर भूकम्प जाँदा एक जनाको निधन र २० जना घाइते भएका थिए। साथै भौतिक संरचनामा क्षति समेत पुगेको थियो।

त्यसयता बझाङमा पटक–पटक भूकम्पको पराकम्प गएका छन्।

असोज २९, २०८० सोमबार १०:५६:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।