एनआईसी एशिया बैंकद्धारा २९ प्रतिशत बोनस शेयर दिने प्रस्ताव पारित
काठमाडौं : एनआईसी एशिया बैंकले चालु आर्थिक वर्ष २०७९/०८० को लागि प्रस्तावित २९ प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय सर्वसम्मत पारित गरेको छ।
आर्मी अफिसर्स क्लबमा आइतबार सम्पन्न बैंकको २६औँ साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम आर्थिक वर्ष २०७९/८० को लागि चुक्ता पूँजीको २९ प्रतिशत का दरले हुने ३ अर्ब ३५ करोड ३५ लाख ६१ हजार ५ सय ५६ रुपैयाँ बोनस शेयर वितरण गर्ने पस्ताव पारित गरेको हो।
उक्त सेयरमा लाग्ने कर प्रयोजनका लागि १७ करोड ६५ लाख ३ हजार २ सय ४० रुपैयाँ नगद लाभांश वितरण गर्न स्वीकृति प्रदान गर्ने प्रस्ताव पारित समेत पारित गरेको छ।
बोनस शेयर वितरण पश्चात् बैंकको साविक अधिकृत पूँजी एघार अर्ब सन्ताउन्न करोड रुपैयाँ बाट वृद्धि भई १४ अर्ब ९२ करोड पुग्ने छ।
यस्तै सभाले बोनस शेयर वितरणबाट बैंकको साविक अधिकृत पूँजी वृद्धि गर्नुका साथै साविक तत्काल जारी पूँजी ११ अर्ब ५६ करोड ४० लाख पाँच हजार तीन सय ६५ रुपैयाँलाई वृद्धि गरी १४ अर्ब ९१ करोड ७५ लाख ६५ हजार नौ सय २२ रुपैयाँ बनाउन र साविक तत्काल चुक्ता पूँजी ११ अर्ब ५६ करोड ४० लाख ५ हजार तीन सय ६६ लाई वृद्धि गरी १४ अर्ब ९१ करोड ७५ लाख ६६ हजार नौ सय २२ बनाउन स्वीकृत प्रदान गर्ने विषेश प्रस्ताव समेत पारित गरेको छ।
साथै बैंकको प्रवन्धपत्र र नियमावलीमा समसामयिक संशोधन/ थप गर्ने तथा प्रबन्धपत्र र नियमावली संशोधन स्वीकृतिको क्रममा नियमनकारी निकायबाट कुनै फेरबदल, थपघट गर्न निर्देशन वा सुझाव भएमा सो गर्न सन्चालक समितिलाई वा सन्चालक समितिले तोकेको पदाधिकारीलाई अख्तियारी प्रत्यायोजन गर्ने प्रस्ताव पनि सभाले पारित गर्यो ।
असोज २९, २०८० सोमबार १०:४३:४५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।