नेपाल टेलिकमले सार्वजनिक गर्यो चाडपर्व अफर
काठमाडौं : नेपाल टेलिकमले दशैं, तिहार तथा छठ लगायतका विभिन्न पर्वहरूको अवसरमा चाडपर्व अफर उपलब्ध गराएकाे छ।
यस अन्तर्गत ग्राहकहरूले सहुलियत दरका डाटा र भ्वाइससहितको प्याकका साथै रिचार्ज अन बोनस पाउनेछन्।
यो अफर आज असोज २८ गतेदेखि कात्तिक १० गतेसम्म उपलब्ध हुने टेलिकमले जनाएकाे छ। अफर अन्तर्गत ४९ रुपैयाँमा १ दिन प्रयोग गर्न सकिने १ एमबिपिएस अनलिमिटेड डाटाका साथमा नेपाल टेलिकमकै नेटवर्कमा प्रयोग गर्न सकिने १०० मिनेट भ्वाइस कल सुविधा सहितको प्याकेज उपलब्ध छ।
त्यसैगरी, ९८ रुपैयाँमा ३ दिनसम्म प्रयोग गर्न सकिने ६ जिबी डाटा प्याक उपलब्ध हुनेछ भने १९९ रुपैयाँमा ७ दिनसम्म प्रयोग गर्न सकिने १३ जिबी डाटा प्याक, २९४ रुपैयाँमा १० दिनसम्म प्रयोग गर्न सकिने २० जिबी डाटा प्याक र ३९९ रुपैयाँमा १५ दिनसम्म प्रयोग गर्न सकिने ३० जिबी डाटा प्याक उपलब्ध छ।
यही अफर अन्तर्गत ७८९ रुपैयाँमा फेस्टिभ कम्बो प्याक पनि लिन सकिनेछ।
प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिनसम्म चलाउन सकिने समयावधि तोकिएको सो प्याकेज अन्तर्गत ३० जिबी डाटा, सबै नेटवर्कमा कल गर्न सकिने ६०० मिनेट अल नेट भ्वाइस सुविधा र २०० अल नेट एसएमएस सुविधा यसमा उपलब्ध छ
पोस्टपेड मोबाइल प्रयोगकर्ताले यो प्याकेज लिएमा मासिक रुपमा बुझाउनु पर्ने रेन्टल चार्जबाटै यो शुल्क काटिने सुविधा उपलब्ध छ।
त्यसैगरी, एमपोस र फिजिकल रिचार्ज कार्डबाट रिचार्ज गर्दा समेत बोनस अन रिचार्जको रुपमा डाटा प्याकेज उपलब्ध गराइनेछ।
यस अनुसार २०० रुपैयाँदेखि ४९९ रुपैयाँसम्मको रिचार्ज गर्दा २ दिनका लागि प्रतिदिन १ जिबीका दरले चलाउन सकिने गरी २ जिबी डाटा उपलब्ध छ।
त्यसैगरी, ५०० रुपैयाँ र सो भन्दा बढी रकमको रिचार्ज गर्दा प्रतिदिन २ जिबीका दरले ४ दिन चलाउन सकिने गरी ८ जिबी डाटा उपलब्ध हुनेछ।
असोज २८ गतेदेखि कात्तिक १० गतेसम्म आफ्नो मोबाइलबाट वा नेपाल टेलिकम एप प्रयोग गरी यी प्याकहरू उपयोग गर्न सकिने टेलिकमले बताएको छ।
असोज २९, २०८० सोमबार १०:२७:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।