दसैंका लागि आजदेखि नयाँ नोटको सटही सुविधा

दसैंका लागि आजदेखि नयाँ नोटको सटही सुविधा

काठमाडौं : दसैंका लागि आज (सोमबार) देखि नयाँ नोट साट्न पाइने भएको छ। नेपाल राष्ट्र बैंकले दसैंलगायत चाडपर्वका लागि आजदेखि नयाँ नोट साट्ने सुविधा दिएको हो।

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग, प्रदेशस्थित कार्यालय र विभिन्न वाणिज्य बैंकका शाखामार्फत देशभरी नै नयाँ नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ।

बैंकका अनुसार  एक जनाले बढीमा १८ हजार पाँच सय रुपैयाँ बराबरको नयाँ नोट साट्न सक्ने छन्।

असोज २९, २०८० सोमबार ०९:१६:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।