आजको मौसम : यी तीन प्रदेशमा वर्षाको सम्भावना

आजको मौसम : यी तीन प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं : आज (सोमबार) सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशको पहाडी भूभागका थोरै स्थानहरूमा हल्कादेखी मध्यम वर्षाको सम्भावना रहेको छ।

देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानहरूमा हल्का हिमपातको संभावना पनि रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

राति भने सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन सहित हल्का वर्षाको सम्भावना रहेको छ।

असोज २९, २०८० सोमबार ०८:४१:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।